नियम २२
पेश्की सम्बन्धी व्यवस्था
: (१) बोर्डले सेवा प्रदायकलाई सम्झौता बमोजिम उपचारका लागि आवश्यक रकम पेश्की स्वरूप अग्रिम रुपमा उपलब्ध गराउन सक्नेछ ।

(२) उपनियम (१) बमोजिमको पेश्की रकम सेवा प्रदायकलाई भुक्तानी गरिने रकमबाट कट्टा गरिनेछ ।